मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format ११:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस स्वतन्त्रता हननका ९४ घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।

०८१ साउन १ देखि ०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमती प्रदेशमा ३८ वटा घटना भएका छन् ।

त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैंगिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ । 

समीक्षा अवधिमा बागमतीमा चार, मधेशमा तीन र कर्णाली प्रदेशमा दुई प्रेस स्वतन्त्रता दुरुपयोगको घटना भएका काउन्सिलले जनाएको छ ।