मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
२o८२ श्रावण २८ बुधबार o७:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसीका ग्राहकले माउन्टेन ग्लोरी रिसोर्टमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o७:५१:oo

एनआइसी एसिया बैंकका ग्राहकले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा विशेष छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन बैंक र रिसोर्टबिच सम्झौता भएको छ । जसअनुसार ग्राहकलाई रिसोर्टको सेवा लिएर डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट हुनेछ । यस्तो छुट खाना तथा पेय पदार्थ, स्पा र आवास सेवामा हुने बैंकले जनाएको छ । 

यो सुविधा उपभोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । रिसोर्टसँगको यस सहकार्यले बैंकका ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।