मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २८ बुधबार o८:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकको नाफा सात अर्बभन्दा बढी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o८:४१:oo

नबिल बैंकले गत आर्थिक वर्ष ०८१/८२ मा सात अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकका अनुसार यस अवधिमा खुद ब्याज आम्दानी सामान्य बढेर १६ अर्ब ३२ करोड ७२ लाख पुगेको छ । त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ५.३७ प्रतिशत बढेर तीन अर्ब ४१ करोड ६१ लाख छ भने कुल सञ्चालन आम्दानी ३.४० प्रतिशतले बढेर २१ अर्ब ५१ लाख र सञ्चालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।   

बैंकले अघिल्लो आवको तुलनामा गत आवमा खराब कर्जा घटाएको छ । अघिल्लो आवमा ४.४५ प्रतिशत रहेको खराब कर्जा गत आवमा ४.२७ प्रतिशतमा झरेको छ । यसले बैंकको खुद नाफा बढाउन योगदान दिएको छ । 

त्यस्तै, चौथो मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ५४.८६ प्रतिशतले बढेर चार अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको देखिन्छ । अघिल्लो आवमा यस्तो क्षमता लाभांश क्षमता ११.३९ प्रतिशत थियो ।