
गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको संगीत तथा प्रवीण भेडवालको स्वर रहेको 'मौनतामा पुरूष पनि कति रोएका होलान्' गीतको भिडियो सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म नमस्ते नेपाल डिजिटल स्टुडियोबाट भिडियो सार्वजनिक भएको हो।
उक्त गीतको मिक्सिङ तथा मास्टरिङ क्रमशः मनोज स्याङ्सोन राई तथा सुरेश राईले गरेका हुन्।
गीतकार खतिवडामा यस गीतमा पुरुषका पीडा समेटेका छन्। ‘नेपाली समाजमा पुरूषका पीडाहरू प्रायः बाहिर आउँदैनन्। उनीहरूमा पनि पीडा हुन्छन्, तर प्रायःले लुकाउँछन्, बाहिर ल्याउँदैनन्, भित्रभित्रै गुम्स्याएर राख्छन्। नेपाली समाजमा एउटा सोच छ, 'छोरा मान्छे भएर रुनुहुँदैन' भन्ने छ,’ उनी भन्छन्, ‘साँच्चै भन्नुपर्दा छोरा मान्छे रुने भनेकै एकान्तमा स्थानमा बन्न पुगेको अवस्था छ। यस विषयमा गीतले गहिरो सन्देश दिएको छ कि पुरुषले आँसु झार्ने ठाउसम्म हुँदैन, तर आँसु त झरिरहेको हुन्छ – कि त मनभित्र कि त एकान्तमा!’
गीतको भिडियोमा शोभा खडका, महेश्वर खतिवडा, सन्तोष धिमाल, गणेशकुमार ढकालको अभिनय रहेको छ। गीतको निर्देशन खतिवडा आफैँले गरेका हुन् भने सम्पादन विकास धमलाको रहेको छ। गीतकार खतिवडाका यसभन्दा अगाडि पनि थुप्रै गीतहरू र पुस्तकसमेत सार्वजनिक भएका छन्।