मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:२२:oo
Read Time : > 2 मिनेट
सप्तरंग डिजिटल संस्करण

युवा भन्छन्– सपनाको सीमा हुँदैन, संघर्ष गरे पूरा हुन्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:२२:oo

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरूसँग उत्प्रेरित अन्तर्क्रियासहित काठमाडौंमा विविधताको उत्सव ‘डाइभर्सिटी कार्निभल’ सम्पन्न भएको छ। ‘दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स’ को आयोजनामा युवाहरूबिच संवाद, वैचारिक प्रशिक्षण, प्यानल छलफल तथा संगीत प्रस्तुतिसहित विविधताको उत्सव मनाइएको हो।

त्यस्तै, ‘सपना, संघर्ष र सफलता’ प्यानल छलफलमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अन्जिला तुम्बाप्पो सुव्बा, अभिनेता नाजिर हुसेन, आप्रवासी समुदायमा काम गरेका महेन्द्र पाण्डे, मुसहर समुदायका उप–सचिव सुनीलकुमार पासवान र रेन्बो डिसिविलिटी नेपालकी उपाध्यक्ष मिना जोशी थिए। उनीहरूले आफ्नो उत्प्रेरित संवाद युवा नेता प्रदीप परियारसँग गरेका थिए।

उत्सवमा चमार समुदायकी पहिलो महिला मेडिकल डाक्टर डा. स्मृति हरिजनले आफू र आफ्नो परिवारको संघर्ष सुनाउँदै भनिन्, ‘आर्थिक अवस्था हेर्दा पढ्न कठिन थियो, समाजको विभेद उस्तै थियो। तर, बुवाको निरन्तर प्रेरणाले मेरो पढ्ने आदतजस्तो बनिसकेको थयो। विश्वविद्यालय अनुदान आयोगले एमबिबिएसको छात्रवृत्ति दिने प्रावधानकै कारण आफूजस्ताको सपना साकार भएको उनको भनाइ थियो।

संघर्ष गरे सपना साकार हुने बताउँदै उनले थपिन्, ‘हामी जहाँबाट आएका हौं त्यो सपनाको सिमा होइन, हामीले पनि सपना देख्न सक्छौं। त्यसलाई साकार पार्न सक्छौं। हामीलाई हेर्नुहोस्, हामी उड्दैछौं।’

क्याप्टेन अन्जिला तुम्बाप्पो सुव्बाले केटाहरुको बीचमा कट्टु लगाएर खेल्दा समाज र परिवारबाट दबाब झेल्दै यहाँसम्म पुगेको बताइन्। उनले आफ्नो संघर्षका दिन सम्झदै भनिन्, ‘हामी एकदमै बन्धनमा बाधिएर आएका हौं। संघर्ष नगरी कहीँ पुगिँदैन। मैले आमाका सहायतामा निरन्तर मेहनत गरें। संघर्ष गर्दै जाँदा सपना पूरा हुँदो रहेछ। हिजो सामान्य खेलाडी भए पनि अहिले आफुसँग सिंगो देश नै जोडिएको छ।’ उनले समाज परिवर्तन हुनको लागि आफू परिवर्तन हुनुपर्ने बताइन्।

त्यस्तै कलाकार नाजिर हुसेनले मधेशमा हुर्किएको हुनाले आफू यहाँसम्म पुग्नु कल्पनाभन्दा वाहिरको कुरा भएको बताए। उनले मधेशी भाषाकै कारण थुप्रै पटक फिल्ममा अस्वीकार भएको समेत अनुभव सुनाए। कमेडी, गुण्डा, पानी पुरीवाला जस्ता पात्रमा चित्रण गर्ने नेपाली फिल्मको परम्परालाई आफुले केही हदसम्म तोडेको पनि उनले दावी गरे। ‘मधेशका मान्छेहरुले प्रेम गर्न पनि जानेको हुन्छन् रिसाह मात्र हुँदैनन्, कालो मात्र होइन गोरो पनि हुन्छन्, नेपाली र अग्रेजी पनि बोल्छन् । मधेशीलाई एउटै दृष्टिकोणबाट हेरिनु हुँदैन’, उनले भने।

रेन्वो डिसविलिटी नेपालकी उपाध्यक्ष मिना जोशीलो दोभासे सुनिाताश्रेष्ठको माध्ययमबाट आफ्नो कुरा खुलस्त रुपमा राखिन्। ढलेको विजुलीको पोलले लागेर यस्तो अवस्थामापुगेको बताएकीमिनाले अवसर र मौका पाएआफुहरुले पनि अगाडि बढ्न सक्ने उल्लेखगरिन्।

नेपाल सरकारका उपसचिव सुनिलकुमार पासवानले आफू शिक्षक निजामतिमा आएको र आफू निजामतिमा गएपछि आफ्नो समुदायका थुप्रै मानिसहरु निजामति सेवा प्रवेश गरेको बताए। महेन्द्र पाण्डेले आफूलाई साउदीमा काम गर्दा देखेका पीडाहरुले मजदुरको हकहितको लागि लड्नको लागि प्रेरणा मिलेको उल्लेख गरे । फ्रिडम फण्ड अमेरिकाको उपाध्यक्ष र ह्युमानिटी युनाइटेडको बेर्ड सदस्य समेत रहेका पाण्डेले निराशा भएपनि आफ्नो सपना र लक्ष्यसँग कहिल्यै निराशा नहुन युवाहरुलाई सुझाव दिए।

कार्यक्रममा भारतका सफाइ कर्मचारी आन्दोलनको माध्ययमबाट रोमन म्यागेसेसे अवार्ड विजेता विल्सन बेजवडा र लेखक सीके लालले आफ्नो अनुभुति, जात व्यवस्थामाथि आफ्नो धारणा व्यक्त गरे। विल्सन बेजवडाले उत्पीडितविरुद्धको अभियान र संघर्ष एकपटकको लागि नभइ निरन्तर चल्ने र गरिरहनु पर्ने तर्क गरे। त्यस्तै, लेखक सीके लालले जातव्यवस्थाकर्म नभइ सत्ताभएको र आत्मसम्मानको खोजीको लागि सत्तासँग संघर्ष गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा देशैभरिबाट दलित, मधेशी, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, अपांगता भएका व्यक्तिहरु तथा विविध यौनिक तथा लैंगिक पहिचान भएका करिव डेढ सय युवाहरुले सामाजिक भाष्य र त्यसको प्रभाव, युवा र अवसर, युवा र समग्र स्वास्थ्य, जलवायु विषयमा छुट्टा छुट्टै कार्यशालामा गहन छलफलगरि आफ्नो समस्या समधान र सरकारले गर्ने कार्यक्रमहरु बारे निष्कर्शलाई निकालेका थिए । कार्यक्रममा महिला ब्याण्ड कासा र किरण नेपालीको सांगीतिक समूहले सांगीतिक प्रस्तुति दिएको थियो।