मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशी प्रदेशको पहाडी भू–भागमा भारी वर्षा हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o२:oo

आज देशका पहाडी भूभागका धेरै स्थान र मधेश प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । मधेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका धेरै स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।