मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २७ मंगलबार १४:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसाको होइन, सरकारकै संलग्नतामा हुने असुलीको विरोध : राप्रपा सांसद लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १४:५o:oo

राप्रपा सांसद विना लामाले भिजिट भिसा प्रकरण छानबिन गर्नुको साटो सरकार र संसद्ले नै तथ्य मोड्न लागिपरेको टिप्पणी गरेकी छिन्। मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै सांसद लामाले ‘सरकार काग कराउँदै छ पिना सुक्दै छ’को नीति लिएर हिँडेको आरोप लगाइन्। 

‘प्रतिपक्ष दलहरूले भिजिट भिसाको आवरणमा गृह मन्त्रालयको उच्चस्तरको पदाधिकारीको संलग्नतामा संगठित असुली गर्ने काम भएको र यसलाई मन्त्रालयले कुनै न कुनै रूपमा संरक्षण गरेको प्रमाण आएको विषयमा संसदीय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागमा सम्मानित सदनले कुनै पहल नगर्नु दुःखद विषय बनेको छ,’ उनले भनिन्।

कुन गृहमन्त्रीको पालामा कति मान्छे भिजिट भिसामा गए भन्दै सरकार तथ्य मोड्न लागेको उनको जिकिर छ। आफूहरूले भिजिट भिसाको विरोध नगरेको प्रस्ट्याउँदै उनले भनिन्, ‘यो सरकारले कान खोलेर सुनोस् र बुझोस्– हामीले भिजिट भिसामा नागरिकले घुम्न पाउने अधिकार र व्यवस्थाको विरोध गरेको हुँदै होइन। हामीले भिजिट भिसाको नाममा अध्यागमन, मन्त्रालय, टिकेट एजेन्सी, सुरक्षा निकायलगायतको संलग्नतामा दर तोकेर असुली भएको अवस्थाको निष्पक्ष छानबिनको कुरा उठाएको हो। तर, यो संसद् र सरकार दुवैले यति गम्भीर विषयलाई हलुका रूपमा लिएको छ।’