Skip This
महाकालीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकालीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

परीक्षा सकेर घर पुगेका चारै जना दाजुभाई दिदिबहिनी नुहाउँदा दिदिबहिनी नदीमा हराए 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

कञ्चनपुरस्थित महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन। नुहाउने क्रममा भीमदत्त नगरपालिका- ११ भुजेलाका बालिकाद्वय बेपत्ता भएका हुन्। 

भीमदत्त नगरपालिका- ११ का वडाध्यक्ष प्रकाश थापाले विद्यालयबाट छुट्टी भएसँगै महाकालीमा नुहाउनका  लागि ११ वर्षीया दाजु निरज पन्त(सागर)सँगै महाकाली नदीकिनार पुगेका बालिकाद्वय ६ वर्षीया जीविका पन्त र ७ वर्षीया सानबी पन्त बेपत्ता भएका  हुन्। 

आइतबार दिउँसो भुजेलाका पन्त दाजुभाइ पदम र मुकेश पन्तकी दुवै छोरी नुहाउने क्रममा बेपत्ता भएका हुन्। बालिकाद्वय पन्तकी आफन्त छिमेकी रत्ना भारतीले भीनपा- ११ भुजेला घाट कालो मुढा क्षेत्रबाट जीविका र सानबीले हाम फालेको बताइन्। 

जेठो दाजु निरजले तिमीहरू यहाँ खडा हौ, म पहिला किनारमा नुहाउँछु पछि तिमीहरू नुहाउला भन्यो, दाजुको कुरा नसुनेर बहिनीहरूले माथिबाट हामफालेका रहेछन्। उनीहरूसँगै ४ वर्षीया एकजना भाइ पनि महाकाली नदीमा पुगेका थिए । बेपत्ता बालिकाद्वय  जीविका र सानबी भुवनेश्वरी विद्या मन्दिर(विद्यालय) कक्षा १ मा अध्ययनरत छन ।

परीक्षा सकिएपछि घर पुगेका पन्त परिवारका चारैजना बालबालिका नुहाउन महाकाली पुगेका हुन्। कलिला बालिका हराएपछि पन्त परिवार शोकाकुल भएको छ। कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेनासहितका स्थानीय खोजिरहेका छन्।