Skip This
गैँडाकोटमा भएकाे दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २५ आइतबार २o:१७:oo
Read Time : < 1 मिनेट
समाचार

गैँडाकोटमा भएकाे दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार २o:१७:oo

नवलपुरको गैँडाकोटमा भएको सवारी दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैँडाकोट नगरपालिका–१०, सिस्नेपुलस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुईजनाको घटनास्थलमै ज्यान गएको हो।

गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो। 

दुर्घटनामा परी ट्रकचालक बारा परवानीपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय रिजवान मियाँ र स्कुटरचालक कावासोती–३ निवासी ५२ दलबहादुर सुनार विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। 

ट्रकचालक ट्रकभित्रै च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो भने स्कुटीचालकलाई ट्रकले च्यापेको अवस्थामा क्रेनको सहायताले उद्धार गरेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल चितवन लगेको उनले बताए।