Skip This
बरहथवा र हरिवनमा भएको घटनामा दुईजनाको मृत्यु, एकजनाकाे अवस्था गम्भीर
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
श्रवण थापा सर्लाही
२o८२ श्रावण २५ आइतबार २o:३२:oo
Read Time : < 1 मिनेट
समाचार

बरहथवा र हरिवनमा भएको घटनामा दुईजनाको मृत्यु, एकजनाकाे अवस्था गम्भीर

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार २o:३२:oo

सर्लाहीमा भएको दुई घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। आइतबार बरहथवा र हरिवनमा भएका छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार बरहथवा नगरपालिका–१६ मा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । कबिलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिरको खोलाले बगाएर मृत्यु भएको हो। लखन्देही खोला तरेर खेतमा जाँदै गरेका उनलाई खोलाले बगाएको प्रहरीको अनुमान छ। 

खोलामा बेपत्ता भएका जमिरको खोजी गर्ने क्रममा बरहथवा नगरपालिका–१७, रहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमा लखन्देही खोलाकिनारमा मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। शनिबार राति चुरे भेगमा भएको वर्षाका कारण लखन्देही खोलामा बिहानैदेखि बाढी आएको थियो।

यसैबिच, हरिवन नगरपालिकास्थित सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मोटरसाइकलचालक पनि गम्भीर घाइते भएका छन्। 

प्रहरीका अनुसार हरिवन नगरपालिका–१०, सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार सोही स्थानकी १४ वर्षीया दीपिका बुढाथोकीको मृत्यु भएको हो। तीव्र गतिमा रहेको प्रदेश ०२–०३–०१९ प ५४०८ नम्बरको मोटरसाइकलले बालिका सवार साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते बालिकालाई उपचारका लागि रौतहटको चपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही दुर्घटनामा परेर अनियन्त्रित भएको मोटरसाइकलचालकसमेत गम्भीर घाइते भएका छन्। घाइते चालक बागमती नगरपालिका–१ का १६ वर्षीय सविन भुजेलको टाउको र आँखामा चोट लागेको र वीरगन्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए।