मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २५ आइतबार १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली कारागार घटना : घाइते थप एकजनालाई काठमाडौं लैजाने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार १२:५६:oo

कैलाली कारागारमा कैदीबन्दीमाथि भएको हमलामा घाइते थप एकजनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ । घाइते कैदीबन्दी २४ वर्षीय कर्ण सलामीमगरलाई काठमाडौं पठाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले मगरलाई नियमित उडानबाट काठमाडौं पठाउन लागिएको जानकारी दिए । उनकाे अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार मगरको बायाँ हातको हड्डी भाँचिएको छ भने हातको नशासमेत फाटेको देखिएको छ ।

शुक्रबार राति कारागारमा सुतिरहेका कैदीबन्दीमाथि कैदीबन्दीकै अर्को समूहले सांघातिक हमला गर्दा एकजना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो ।

गम्भीर घाइते आयुष भट्टलाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट शनिबार बेलुकी काठमाडौँ लगिएको थियो। घाइते एकजनाको निसर्ग अस्पताल र अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको अधिकारी जोशीले बताए ।