मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण २५ आइतबार १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापाको माईधाममा विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइँदै

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार १४:३६:oo

कोशी प्रदेश सरकारले झापाको कन्काई माईधाममा पहिलोपटक नमुना विद्युतीय शवदाह गृह निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ।

कोशी सरकारको सिँचाइ, खानेपानी तथा ऊर्जा मन्त्रालयले कन्काई नगरपालिकास्थित माईखोला घाटमा पहिलोपटक नमुना  विद्युत् शवदाह गृह निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी गरेको हो।

एक करोड ९७ लाख बजेटमा निर्माण सम्पन्न गरिएको कोशी प्रदेशकै पहिलो नमुना शवदाह गृह निर्माण सम्पन्न भइसकेकाले केही दिनभित्रै स्थानीय पालिकालाई हस्तान्तरण गरेर समितिमार्फत सञ्चालनमा ल्याउन  लागेको सिँचाइ खानेपानी तथा ऊर्जामन्त्री एकराज कार्कीले बताए।

‘पहिले निर्माण भएको शवदाह  गृह प्रदेश सरकारले  पालिकालाई  हस्तान्तरण गर्नेछ। त्यसपछि पालिकाले स्थानीय घाट समितिमार्फत उक्त शवगृह सञ्चालन गराउनेछ,’ मन्त्री कार्कीले भने।