
एनआइसी एसिया बैंकका ग्राहकलाई धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउन दुई पक्षबिच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेलस्थित उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधा प्राप्त गर्न ग्राहकले एनआइसीको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । यस सहकार्यमार्फत बैंकका ग्राहकले छुट सुविधा लिनुका साथै देशको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्दै नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।