
होल्डिङ सेन्टरलाई रिहाब सेन्टर बनाउन प्रस्ताव लागुऔषध दुर्व्यसन रोकथाम गर्न कोशी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले विराटनगर जोगवनी नाकामा रहेको होल्डिङ सेन्टरलाई अस्थायी रूपमा रिहाब सेन्टर बनाउने तयारी थालेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले होल्डिङ सेन्टरलाई अस्थायी रूपमा प्रयोगमा ल्याउनेबारे नेपाल प्रहरीसँग छलफल भइसकेको र चाँडै योजना बनाएर लागुऔषध रिहाब सेन्टरका रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको बताए । उनका अनुसार नजिकै रहेको जोगबनी र सुनसरीको भन्टाबारी, झापाको काँकडभिट्टा र भद्रपुर नाकाबाट भारतीय बजारमा गएर लागुऔषध सेवन गरेर फर्कने युवाको संख्या दैनिक सयौँ हुने गरेको छ । यसैले विराटनगर नाकाको मात्र नभएर झापाको मेचीनगर नगरपालिका–१० धाइजनमा रहेको होल्डिङ सेन्टरलाई पनि अस्थायी रूपमा प्रयोगमा ल्याउनबारे छलफल भइरहेको छ ।
पहिले भारतीय बजारमा गएर लागुऔषध सेवन गरेर फर्कनेलाई पहिचान गरी प्रहरीले नाकामै खोलिएको रिहाब सेन्टरमा काउन्सिलिङ गरेर छाड्ने गरेको थियो । तर, बजेटको अभावमा रिहाब सेन्टर बन्द भएपछि हिजोआज युवाहरू लागुऔषध सेवन गरेर निर्धक्क फर्कने गरेका छन् । प्रहरीले अहिले ओसारपसारमा संलग्नलाई मात्र नियन्त्रणमा लिने गरेको छ । कोशी प्रदेशसँग सिमाना जोडिएको भारत बिहार राज्यमा मदिरा प्रतिबन्ध भएपछि त्यहाँ लागुऔषधका दुर्व्यसनी चौगुणा बढेका छन् ।
पछिल्लो समय कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनी र ओसारपसारको घटनामा वृद्धि भएको छ । गत २ जेठमा मोरङको रतुवामाई र उर्लाबारीबाट लागुऔषध ब्राउनसुगरसहित २० जना पक्राउ परेका थिए । जेठ दोस्रो साता इलाका प्रहरी रानीले एकै दिन डेढ सयजना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेर हिरासतमा राखेको थियो । ३० जना अट्ने क्षमताको हिरासत कक्ष भए पनि थुनुवा धेरै भएकाले जिल्ला प्रहरी मोरङको हिरासतमा पठाउनुपरेको थियो ।
कोशी प्रदेश प्रहरीका अनुसार ०७९ देखि ०८१ सम्म कोशीमा पाँच हजार १०७ मानिस पक्राउ परेका छन् । आर्थिक वर्ष ०७९/८० मा ११ सय ५२, ०८०/८१ मा १५ सय ८६ र आव ०८१/८२ मा २३ सय ६४ जना पक्राउ परेका छन् । जसमा महिला ३७५ र पुरुष ४७ सय ३२ छन् । यस अवधिमा ब्राउन सुगर करिब ११ केजी, चरेश करिब एक सय ग्राम, अफिम करिब ५० ग्राम , गाँजा करिब ४५ हजार केजी, मेडिकल ड्रग्स (क्याप्सुल, ट्याब्लेट र सिरिन्ज) ३६ लाख ३४ हजार थान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशीमा दैनिक औसतमा तीनजना दुर्व्यसनी पक्राउ पर्ने गरेका छन् । कोशीमा आव ०७९/८० मा ७८९, ०८०/८१ मा एक हजार ३९ र ०८१/८२ चैतसम्ममा ९९६ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
माथि उल्लिखित घटना र तथ्यांकले कोशी प्रदेशमा लागुऔषध दुर्व्यसन र ओसारपसार समस्या दैनिक बढ्लै गएको देखिन्छ । दिनप्रतिदिन बढिरहेको लागुऔषध समस्या अब कोशी प्रदेशमा प्रहरीको मात्र नभएर सामाजिक समस्या बनिसकेको प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्की बताउँछन् । कोशीमा लागुऔषध ओसारपसार र दुर्व्यसन नियन्त्रण गर्न अब प्रहरीबाट मात्र सम्भव नहुने भएकाले प्रदेश र स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्ने उनले बताए ।
पहिले भारतीय बजारबाट लागुऔषध ओसारपसार गर्ने र सेवन गरेर फर्कने नेपाली युवाहरू आजकल महँगो र खतरनाक मानिएको ब्राउनसुगर तस्करी र सेवनमा संलग्न हुन थालेका छन् । भारतसँग सिमाना जोडिएका कोशी प्रदेशका विभिन्न नाकाबाट दैनिक ब्राउनसुगर तस्करी गरेर ल्याउने र सेवन गरेर फर्कनेको संख्या बढ्दै गएको प्रहरीको भनाइ छ । ठुला मानिएका काँकडभिटा, भद्रपुर, जोगवनी, भन्टाबारी मात्र नभएर साना नाकाबाट समेत ब्राउनसुगर नेपाल भित्रने गरेको छ ।
लागुऔषध ओसारपसार र सेवन नियन्त्रण गर्न भारतीय प्रहरी प्रशासनले असहयोग गर्दै आएको नेपाल प्रहरीले जनाएको छ । भारतीय नाकामा पर्ने बजारमा खुलेआम औषधि पसलमा मात्र नभएर घरघरमा लागुऔषध बिक्री गर्ने गरे पनि प्रहरीले चासो दिँदैन । भारतीय बजार जोगवनीको टिकौलिया र रामपुर बस्तीमा मात्र दर्जनौँ पसलमा खुला रूपले ब्राउनसुगर र मेडिकल ड्रग्स बेचबिखन हुने गरेको छ । चिया पसलमा समेत लागुऔषध सेवन गर्नेका लागि बस्ने व्यवस्था मिलाइएको हुन्छ ।
कोशी प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीका अनुसार लागुऔषध समस्याबारे पटक–पटकका बैठकमा काउन्टर पार्टसँग आग्रह गरे पनि उनीहरूले नियन्त्रणमा खासै चासो देखाउँदैनन् । ‘छिमेकका युवा बिग्रनु भनेको हाम्रो पनि पालो आउँछ भन्ने सोच राख्ने असल प्रहरीहरू आए मात्र संयुक्त रूपमा काम गर्न सहज हुने रहेछ, नत्र जहिल्यै बैठकका एजेन्डा मात्रै बनिरहन्छ,’ डिआइजी कार्कीले भने । कोशी प्रहरीले बढ्दो लागुऔषध समस्या न्यूनीकरण तथा रोकथामका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । विद्यालयमा विद्यार्थी र शिक्षकसँग लागुऔषध सेवनको असर र प्रभावबारे अन्तत्र्रिmया गर्दै आएको छ । साथै, प्रहरीले हरेक घरका आमालाई लागुऔषध सेवन गर्ने सदस्य पहिचान र रोकथामका लागि अभिमुखीकरण चलाउँदै आएको छ । तर, प्रहरी एक्लैले गरेको प्रयासले मात्र लागुऔषध समस्या न नियन्त्रण हुन सकेको छ, न त रोकथाम नै ।
होल्डिङ सेन्टरलाई रिहाब सेन्टर बनाउन प्रस्ताव
लागुऔषध दुर्व्यसन रोकथाम गर्न कोशी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले विराटनगर जोगवनी नाकामा रहेको होल्डिङ सेन्टरलाई अस्थायी रूपमा रिहाब सेन्टर बनाउने तयारी थालेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले होल्डिङ सेन्टरलाई अस्थायी रूपमा प्रयोगमा ल्याउनेबारे नेपाल प्रहरीसँग छलफल भइसकेको र चाँडै योजना बनाएर लागुऔषध रिहाब सेन्टरका रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको बताए । उनका अनुसार नजिकै रहेको जोगबनी र सुनसरीको भन्टाबारी, झापाको काँकडभिट्टा र भद्रपुर नाकाबाट भारतीय बजारमा गएर लागुऔषध सेवन गरेर फर्कने युवाको संख्या दैनिक सयौँ हुने गरेको छ । यसैले विराटनगर नाकाको मात्र नभएर झापाको मेचीनगर नगरपालिका–१० धाइजनमा रहेको होल्डिङ सेन्टरलाई पनि अस्थायी रूपमा प्रयोगमा ल्याउनबारे छलफल भइरहेको छ ।
पहिले भारतीय बजारमा गएर लागुऔषध सेवन गरेर फर्कनेलाई पहिचान गरी प्रहरीले नाकामै खोलिएको रिहाब सेन्टरमा काउन्सिलिङ गरेर छाड्ने गरेको थियो । तर, बजेटको अभावमा रिहाब सेन्टर बन्द भएपछि हिजोआज युवाहरू लागुऔषध सेवन गरेर निर्धक्क फर्कने गरेका छन् । प्रहरीले अहिले ओसारपसारमा संलग्नलाई मात्र नियन्त्रणमा लिने गरेको छ । कोशी प्रदेशसँग सिमाना जोडिएको भारत बिहार राज्यमा मदिरा प्रतिबन्ध भएपछि त्यहाँ लागुऔषधका दुर्व्यसनी चौगुणा बढेका छन् ।