
नेपाल एसबिआई बैंकले मानवसेवा आश्रम, धनगढी, कैलालीलाई अत्यावश्यक सामग्रीका साथै आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो । यस किसिमको पहलले सडकमा बस्ने घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई उक्त सामग्री तथा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइराला र बैंक तथा आश्रमका वरिष्ठ पदाधिकारीसमेतको उपस्थिति रहेको थियो ।