
सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको होम अप्लायन्स ब्रान्ड माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर (हावा शुद्धीकरण) सार्वजनिक गरेको छ । कम्पनीले केजे–५००जी–एफ–११ र केजे–४००जी–जेड–वन प्रो नेपाली बजारमा सार्वजनिक गरेको हो । यी मोडेल स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित घर, अफिस र व्यावसायिक स्थानका लागि उपयुक्त हुने बताइएको छ ।
नेपालका तराई, पहाड र सहरको भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गरी विशेष प्रविधिसहित तयार गरिएका छन् । यसमा रहेको एआईजडित स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्यांकन गरी स्वत: आफ्नो कार्यक्षमता समायोजन गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै, आवश्यक हावा गुणस्तर प्राप्त भएपछि, उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोडमा चल्ने बताइएको छ । साथै, पराग, धुलोलगायत सूक्ष्म कण हटाउने उच्चस्तरीय फिल्टरका साथै हानिकारक ब्याक्टेरिया एवं भाइरस नष्ट गर्ने उन्नत प्रणाली जडान गरिएको छ ।