मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २२ बिहीबार १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाईजात्रामा कावासोती नगरपालिकामा स्थानीय बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १६:oo:oo

नेवार समुदायको सांस्कृतिक पर्व गाईजात्राको अवसरमा कावासोती नगरपालिकाले स्थानीय बिदा दिएको छ ।कावासोती नगरपालिकाले आज एक सूचना जारी गरी साउन २५ गते परेको नेवार समुदायको सांस्कृतिक पर्व गाईजात्राको अवसरमा कावासोती नगरपालिकाभित्र रहेको सरकारी कार्यालय, शैक्षिक संघसंस्था र सार्वजनिक संस्थामा स्थानीय बिदा दिएको हो । 

कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालद्वारा जारी सूचनामा सांस्कृतिक पर्व गाईजात्राको शुभकामना व्यक्त गर्दै साउन २५ गते पर्न गएको नेवार जातिको सांस्कृतिक पर्व गाईजात्राको पावन अवसरमा कावासोती नगरपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय शैक्षिक संघसंस्थाहरूलाई उक्त दिन स्थानीय बिदा गरिएको सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ भनिएको छ । 

यस अघि नेवाः देय दबू नवलपुरका अध्यक्ष मित्रलाल श्रेष्ठ, उपाध्यक्ष भवी श्रेष्ठ, सचिव रामकुमार श्रेष्ठ, सदस्य भोजराज श्रेष्ठलगायतको टोलीले गएर कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापनपत्र बुझाउँदै उक्त दिन सार्वजनिक बिदा दिन माग गरेकाे थियाे । 

त्यसैगरी नेवाः देय दबू नवलपुरका अध्यक्ष मित्रलाल श्रेष्ठ र सचिव रामकुमार श्रेष्ठले आज विज्ञप्ति जारी गरी साउन २५ गते आइतबारका दिन नेवार समुदायको गाईजात्रा पर्वको अवसरमा नवलपुरका सम्पूर्ण पालिकामा स्थानीय बिदा दिन मागसमेत गरेका थिए । 

त्यसैगरी नवलपुरका अन्य पालिकाहरूमा पनि गाईजात्रा पर्वको दिन स्थानीय बिदा गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नेवाः  देय दबू नवलपुरका सचिव रामकुमार श्रेष्ठले बताए ।