मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
२o८२ श्रावण १७ शनिबार १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरमा घाँटी थिचेर श्रीमानले गरे श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार १४:५२:oo

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङदोलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ६ बजे ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मी शिवभक्तीको घाटी थिचेर हत्या गरेका हुन् ।

घटनापछि उनी बिहान ८:३० बजे प्रहरीमा उपस्थित भई आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार मृतक दुर्गा लक्ष्मी प्यारालाइसिसको बिरामी भएको र हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन् । प्रहरीको सोधपुछका क्रममा मानबहादुरले मानसिक तनावका कारण श्रीमतीलाई मारेको बताएका थिए । 

श्रीमतीलाई मारेपछि आफैँ झुन्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि बाँचेर प्रहरी सम्पर्कमा आएको मानबहादुरले बताएको प्रवक्ता अर्यालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।