
ताप्लेजुङ जिल्लाको फुङलिङ न.पा. ४ तम्बुचोकमा चक्कु प्रहारबाट सक्त घाइते भएका चक्कु प्रहारबाट एकजना सक्त घाइते भएका छन्।
आठराई त्रिवेणी गापा- ३ बस्ने रामकुमार दर्लामीमगरको छोरा वर्ष २३ को हर्कबहादुर दर्लामीमगर (चालक) ले मापसे गरी आफ्नै गाडीको सहचालक मैवाखोला गापा- १, ढुंगेसाँघु बस्ने वर्ष १९ को सागर मगर गाडीमा बसिरहेको अवस्थामा एक्कासि धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको प्रहरी कार्यालय ताप्लेजुडले बताएको छ ।
चक्कु प्रहार गर्ने हर्कबहादुर दर्लामीलाई नियन्त्रणमा लिई जिप्रका ताप्लेजुङमा ल्याई राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।