
भारतका टेस्ट कप्तान शुभमन गिलले पूर्वकप्तान सुनील गावस्करको नाममा रहेको ४७ वर्ष पुरानो रेकर्ड तोडेका छन् । इंग्ल्यान्डविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टको पहिलो इनिङ्समा गिलले २१ रन जोडेपछि गावस्करको रेकर्ड भंग भएको हो ।
विदेशी भूमिमा भारतका लागि टेस्ट फम्र्याटमा एकै सिरिजमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानका रूपमा गिल उत्कृष्ट बनेका छन् । उनले इंग्ल्यान्डविरुद्ध अहिलेसम्म सात सय ४३ रन जोडेका छन् ।
गिलले गावस्करको सन् १९७८/७९ को प्रदर्शनलाई पनि उछिनेका हुन् । गावस्करले वेस्ट इन्डिजविरुद्ध सात सय ३२ रन बनाएका थिए । इंग्ल्यान्डविरुद्धको पहिलो इनिङ्समा गिलले रन लिने प्रयासमा आफ्नो विकेट गुमाए ।
गावस्करले एकै टेस्टमा सबैभन्दा धेरै सात सय ७४ रन बनाउने कीर्तिमान राखेका छन् । उनले १९७१ मा वेस्ट इन्डिजविरुद्धको डेब्यु टेस्ट सिरिजमै यस्तो प्रदर्शन गरेका थिए । गिलले भारतको दोस्रो इनिङमा ४२ रन बनाउँदा गावस्करलाई तोडिनेछ ।
पाँचौँ टेस्टमा भारतले कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । भारत ६९.४ ओभरमा दुई सय २४ रनमै समेटिएको छ । भारतका लागि करुन नायरले सर्वाधिक ५७ रन जोडेका थिए । भारतले ३८ अतिरिक्त रन पाएको थियो ।