
गायक, गीतकार तथा संगीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, संगीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतीले अभिनय गरेका छन्।
गीत ‘डर लाग्छ’ को निर्माण भिक्टर रसाइलीले गरेका हुन्। यस गीतमा रूपेश साख्याको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारंगी वादन रहेको छ। गीतको भिडियोलाई निर्देशक विजय दोङले निर्देशन गरेका हुन् भने छायांकन, सम्पादन र कलर ग्रेडिङ जितु तामाङले गरेका छन्।
बिक्की गुरुङ अमेरिकानिवासी नेपाली कलाकार हुन्, जसले २०१५ मा ‘केवल’ गीतबाट आफ्नो व्यावसायिक संगीत यात्रा थालेका थिए। त्यसपछिका उनका ‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता हिट गीतहरूले दर्शक तथा स्रोतामाझ गहिरो प्रभाव जमाएका छन्। उनका गीतहरूमा प्रेम, बिछोड र जीवनका संवेदनशील पक्षहरूलाई आत्मीय रूपमा प्रस्तुत गरिन्छ।