मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format o५:४९:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साउन १७ देखि २३ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:४९:oo
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको साउन १७ गते शनिबारदेखि साउन २३ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्मप्राप्तिको योग छ । सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । पढाइलेखाइमा राम्रै उन्नति हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । व्यवसायबाट प्रशस्त लाभ होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । बिहीबारदेखि भने अलि प्रतिकूल रहला । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मानसम्मान बढ्नेछ । बोलीकै प्रभावले महत्वपूर्ण काम बन्ने समय समय रहेको छ । वैचारिक क्षमता बढ्नेछ । तपाईंको अभिव्यक्तिबाट धेरैलाई प्रभाव पर्नेछ । आत्मबल बढ्नेछ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खालान् । बुधबारदेखि भने अरूको भर पर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  बोलीकै भरमा काम गर्ने समय छ । आतिथ्यपूर्ण सम्मान र सहयोगीबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जाला । प्रेम र मित्रताको गाँठो कसिने वेला छ । आम्दानी बढ्नेछ । सप्ताहान्तमा भने धोकामा परिने योग छ, सचेत रहनुहोस् । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । शुक्रबारदेखि आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने खानपान, वस्त्र, अलंकार आदिबाट आनन्द मिल्नेछ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान पाइनुका साथै प्रशस्त धन आर्जन गर्ने योग छ । सहयोगीहरू जुट्नेछन् । उत्साह थपिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेका काममा सहयोगीले साथ दिनेछन् । व्यावसायिक कामबाट राम्रो लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । आरोग्य एवं स्फूर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । नयाँ काम गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । स्थान परिवर्तन वा टाढाको यात्राको योग जुरेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आम्दानी बढ्नेछ । बुधबार अनावश्यक शंका जाग्ने र आत्मीय सम्बन्धमा कमी आउने योग छ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । सप्ताहान्तमा स्थितिमा सुधार आउला । पारिवारिक भेटघाट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक क्रियाकलापमा मन जाला । राजनीति र नोकरीमा उन्नति हुनेछ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । विद्यामा प्रगति हुनेछ । अरूको मन जित्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । प्रतिनिधिमूलक यात्राको सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । दीर्घकालीन काममा लगानी गर्ने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम र प्रतिष्ठा कमाउने 
वेला छ । आम्दानी बढ्नेछ । बुधबार अनावश्यक शंका जाग्ने र आत्मीय सम्बन्धमा कमी आउने योग छ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुरुमा समय मनोरञ्जनपूर्ण रहला । रमाइलो यात्रा सम्भावित छ । प्रेमको बन्धन पनि कसिने वेला छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । धर्मकर्म, समाजसेवा, परोपकारजस्ता काम हुनेछन् । आम्दानी पनि प्रशस्तै बढ्नेछ । नयाँ काम वा नोकरी पाइने समय छ । बुधबारदेखि समय अलि प्रतिकूल रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, छरछिमेकी, कुटुम्ब वा नातागोताको कामधन्दामा सरसहयोग गर्दा सन्तुष्टि प्राप्त हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) व्यापार–व्यवसायमा प्रशस्तै फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन् । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । शत्रुबाधा समाप्त होला । प्रशस्त धनलाभ हुनेछ । अप्ठ्यारा चुनौतीलाई पनि सजिलै पन्छाउन सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिने समय छ । रमाइला ठाउँको भ्रमण गर्ने योग छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सुरुमा आफन्तसँग असमझदारी बढ्नेछ । अस्वस्थता र कमजोरी अनुभव हुनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी रहनेछ । नजिकका व्यक्तिबाट काममा अवरोध हुने देखिन्छ । शुक्रबारदेखि स्थिति अनुकूल बन्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् ।