
सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अवधि बढाइएको छ । हाल पाँच वर्षको अवधि तोकिएकोमा बढाएर १० वर्ष बनाइएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गरी लाइसेन्सको अवधि १० वर्ष बनाइएको हो। जसअनुसार अब १० वर्षमा नवीकरण गरे हुने भएको छ ।
ऐनको दफा ५४ मा लाइसेन्सको अवधिसम्बन्धी व्यवस्था छ । जसमा यसअघि पाँच वर्ष रहेकोमा त्यसलाई बढाएर १० वर्ष बनाइएको हाे ।
त्यस्तै, सरकारले सवारीसाधन जाँचपासको अवधि पनि बढाइएको छ भने निजी क्षेत्रले पनि सवारी जाँचपास गर्न सक्ने व्यवस्था गरिएको छ। दफा १६८ मा ‘विभागले प्रचलित कानुनबमोजिम स्थापना भई तोकिएको मापदण्ड पूरा गरेको निजी क्षेत्रकाे सवारी जाँचपास तथा प्रदूषण परीक्षण गरी प्रमाणपत्र जारी गर्न अनुमति दिन सक्नेछ’ भनिएको छ।