मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
Invalid date format o९:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवरुद्ध राप्ती राजमार्ग झन्डै १० घण्टापछि खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

वर्षासँगै पहिरो झर्दा राप्ती राजमार्ग  झन्डै १० घण्टापछि सञ्चालन  भएको छ। राप्ती राजमार्गअँतर्गत सल्यान बागचौर नगरपालिका– २, खरिबोटनजिकै सडकमाथिबाट ठुलो पहिरो झर्दा सडक अवरुद्ध भएको थियो ।

गएराति करिब साढे ९ बजेतिर सडकमाथिबाट पहिरो आउँदा  पूर्ण रूपमा बन्द सडक बुधबार बिहान ८ बजेदेखि नियमित भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए । 

रातको समयमा पहिरो हटाउन समस्या हुनुका साथै जोखिम पनि हुने भएकाले बिहानबाट मात्र पहिरो हटाउने काम सुरु भएको उनको भनाइ छ। सडक अवरुद्ध हुँदा साना सवारीका साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ लागेको भए तापनि ठुला सवारीका साधन भने बाटोमा नै रोकिएका थिए । सडक पूर्ण रूपमा सञ्चालनसँगै ठुला सवारीका साधन पनि आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिरहेको प्रहरीको भनाइ छ ।