मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ११ आइतबार २२:५५:oo
Read Time : < 1 मिनेट
समाचार

सर्वाेच्चका मुख्य रजिष्ट्रार ढकालको बिदाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार २२:५५:oo

सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले आइतबारदेखि अवकाश पाएका छन्। ५८ वर्षे सेवाहदका कारण उनले अवकाश पाएका हुन्। 

सर्वाेच्च अदालतले आइतबार उनको बिदाइ गरेको छ । प्रधानन्यायधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू तथा सर्वाेच्चका कर्मचारीहरुले ढकालको एक कार्यक्रक आयोजना गरी बिदाइ गरेका हुन् । 

२०५२ सालमा न्यायसेवाको अधिकृत पदबाट सेवा सुरु गरेका ढकाल २०८० को पुसमा मुख्य रजिष्ट्रारमा बढुवा भएका थिए। अवकाशअघि उनी उच्च अदालतको न्यायाधीश हुने प्रयासमा भएपनि न्याय परिषद्मा सहमति हुन नसक्दा नियुक्तिको निर्णय हुन सकेन। न्यायपालिका अधिकृत समाजले ढकाललाई न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्का सदस्यसँग आग्रह गरेको थियो।