मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ७ बुधबार o७:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घिमिरेले हराए भारतका कुमारलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार o७:३७:oo

विश्व बुद्धिचाल महासंघको आधिकारिक विश्व आइपिसिए च्याम्पियनसिपमा नेपालका विश्वविजय घिमिरेले पहिलो चरणमा जित निकालेका छन् । उनले भारतका दिनेश कुमारमाथि प्रतिस्पर्धात्मक खेलमा जित निकालेका हुन् । भारतको गोवास्थित अन्तर्राष्ट्रिय सेन्टरमा घिमिरेले कालो गोटी लिएर सिसिलियन प्रणालीमा खेल सुरु गरेका थिए । 

प्रतिस्पर्धाकोे २१औँ चालसम्म दुवै खेलाडी बराबरी अवस्थामा थिए । खेलमा २२औँ चालमा घिमिरेले आक्रमण सुरुवात गरे । उनले २७औँ चालमा सिपाहीको फाइदा लिए । आक्रमणबाट रक्षात्मक रणनीति लिएका भारतका कुमारले ३२औँ चालमा अर्को ठुलो गल्ती गरे । यसको फाइदा उठाउँदै घिमिरेले ३८औँ चालमा रोमाञ्चक जित निकाले । भारतका खेलाडीले ३२औँ चालमा गरेको गल्तीका कारण खेल परित्याग गरेका हुन् । स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म संचालन हुने खेलमा घिमिरेले महत्वपूर्ण एक अंक बटुलेका छन् । 

पोल्यान्डका आइएम मर्सिन मोलेन्डा, इजरायलका आइएम आन्द्रेश गोर्वानोभ, अर्मेनियाका एफएम सर्गिस सर्गिस्यान, काजकिस्तान एफएम सेरिक सोल्तानोभ, रसियाका सेरेब्रियाकोभ सेर्गेइ र भारतका एजिलारासिले समान एक अंक बटुलेका छन् । 

१७ राष्ट्रका ९७ जना खेलाडीको सहभागी रहेको प्रतियोगितामा विजेताले एक लाख ९० हजार र उपविजेताले एक लाख ३५ हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुनेले एक लाख हात पार्नेछन् । प्रतिस्पर्धाका विभिन्न विधामा ४६ जना खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।