मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘भ्रष्टाचार गर्नेलाई प्रधानमन्त्री मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा राख्छन्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४o:oo

नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगरले भ्रष्टाचारीको मुखसमेत हेर्दिनँ भन्ने साइनबोर्ड फालिदिए हुने बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीलाई मायाले गाला मुसारेर मिन्त्रपरिषद् बैठकमा समेत राखेको भन्दै सांसद आलेमगरले यस्तो टिप्पणी गरेका हुन्।

मंगलबार राष्ट्रिय सभा बैठकमा सांसद आलेमगरले भने, ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ। किनकि जताततै भ्रष्टाचारै भ्रष्टाचार  देखिन्छ। भ्रष्टाचार गर्ने एकजना मन्त्रीलाई सम्माननीय प्रधानमन्त्रीज्यूले मुख मात्रै हेर्ने होइन कि मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ। थेग्नै नसकिएपछि बल्लबल्ल निलम्बन गर्नुहुन्छ।’

भूमि व्यवस्थामन्त्री बलराम अधिकारीतर्फ इंगित गर्दै उनले थप भने, ‘अर्को मन्त्री पाइपलाइनमा हुनुहुन्छ। अब उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन थाहा छैन।’