
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा व्यापार व्यवसायमा संलग्न व्यक्तिले पहिले गरेको लगानीबाट सोचेअनुसार लाभ उठाउन सकिनेछ । व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति तथा नोकरीमा सोचेअनुसार लाभ मिल्नेछ । जग्गा र भवनसम्बन्धी विवाद साताको अन्त्यतिर पर्न सक्ने हुँदा विशेष सावधानी अपनाउनुपर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको प्रारम्भमा घरायसी समस्याले घेर्नेछ । प्रेम सम्बन्धमा उतारचढाव आउला । चोटपटक लाग्ने सम्भावना छ । कामको दायित्व बढ्नेछ । धार्मिक कृत्यमा अभिरुचि बढ्नेछ । गरेको काममा प्रशंसा पाइएला । नयाँ कामको थालनी हुनेछ । साताको अन्त्यमा व्यापार बढ्नुका साथै आयमूलक काममा सफलता मिल्नेछ । सेयरबजारमा सोचेअनुसार सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशिका व्यक्तिका लागि भाग्यले पूर्ण रूपमा साथ दिनेछ । तपाईँका सबै योजना सजिलै पूरा हुनेछन् । ऋण लिने सोचमा हुनुहुन्छ भने फाइदा हुनेछ । पुराना साथीभाइबाट सहयोग मिल्नेछ । असल साथी पनि बढ्नेछन् । श्रीमतीको तर्फबाट सबै प्रकारको सहयोग प्राप्त हुनेछ र योजनाहरू सफल हुनेछन् । व्यवसायमा विशेष फल प्राप्तिको समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साताको प्रारम्भमा धन र सम्मानमा वृद्धि हुने योग छ । रोकिएका काम अघि बढ्नेछन् । भाग्यले पूर्ण रूपमा साथ दिनेछ । मातृपक्षबाट माया र सहयोग प्राप्त हुने योग छ । आमाको सल्लाहअनुसार अगाडि बढेमा कार्यसिद्धि हुनेछ । बिहीबार र शुक्रबार नयाँ कार्यमा थोरै लाभ आउनेछ । उन्नति प्रगति कम हुने दिन छ । धार्मिक कार्यमा रुचि मध्यम देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्थान परिवर्तनसँग सम्बन्धित कुनै पनि काम सफल हुनेछन् । काममा केही जटिलता देखिए पनि तपाईंको हिम्मत बढ्नेछ । परिवारमा मांगलिक कार्य हुनाले मन प्रसन्न रहनेछ । कार्यालयमा तपाईँका लागि अनुकूल वातावरण बन्नेछ । सहकर्मीले पनि सहयोग गर्नेछन् । कार्य सफलताको साता रहनेछ । पारिवारिक सदस्यबिच शुभ सम्बन्ध रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक हिसाबले साता बलियो नै रहेनछ । वैदेशिक यात्राका लागि गर्न खोजिएका कार्य सजिलै सम्पन्न हुनेछन् । व्यापार व्यवसायमा आर्थिक लाभको योग रहेकाले लगानी गर्दा शुभ रहनेछ । लामो यात्राको योग रहेकाले यात्रामा निस्किँदा विशेष लाभ मिल्ने साता रहेको छ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कार्यमा सामान्य दोष रहने संकेत देखिएको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धनलाभ हुनुका साथै गर्न खोजेका कार्य सजिलै सम्पन्न हुनेछन् । कुनै पनि निर्णय लिँदा भाग्यको पूर्ण साथ रहनेछ । मंगलबार र बुधबार सहयोगी भावना रहने हुँदा उपचारमा अनावश्यक धन खर्च हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यमा घरमा छिमेकीको सहयोगमा मांगलिक कार्यमा मन रमाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन विचलित हुनुका साथै आफैँ अन्योलमा परिने ग्रहयोग छ । व्यापार वृद्धिका लागि गरिएका प्रयासहरू असफल हुनेछन् । बिहीबार र शुक्रबार अरूको कारणले केही समस्याको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा शत्रु पक्षलाई जित्न सफल हुनुका साथै कानुनी विवादमा सफलता मिल्नेछ । यदि कुनै मुद्दा विचाराधीन छ भने जित्नुहुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) रोकिएका आयोजनाबाट लाभ मिल्नेछ । तपाईँभित्र परोपकार र सहयोगी भावना विकास हुनेछ । धार्मिक कार्य रुचिका साथ सम्पन्न हुनेछन् । साताको अन्त्यमा भाग्यको पनि पूर्ण सहयोग मिल्नेछ । वैदेशिक यात्रामा भने केही बाधा उत्पन्न हुन सक्ने हुँदा सत्यनारायणको दर्शन तथा पूजा गरेमा लाभ मिल्नेछ । व्यवसायमा उचित लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सुरुमा लाभांश बढे पनि प्राप्त रकम तत्काल खर्च गर्नुपर्ने स्थिति आउनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । फजुल खर्चका बिच कामको बोझ पनि बढ्न सक्छ । बुधबारदेखि कीर्तिमानी काम सुरु हुन सक्छ । प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रतिष्ठित काम गरेर महत्वपूर्ण अवसर हात पार्ने साता रहेको छ । आयआर्जन हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । तर, आम्दानीका साथै कामको दायित्व पनि बढ्न सक्छ । बुधबारदेखि खर्चको मात्रा बढ्नेछ । बिचमा काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ । सप्ताहन्तमा आस मारेको काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) विशेष जिम्मेवारी अथवा नोकरी प्राप्तिको योग छ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । परिश्रमअनुसार राम्रै फल पाइने साता रहेको छ । खर्च भए पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ । लगनशीलताले प्रसिद्धि पनि बढ्नेछ । मिहिनेतले दाम र इनाम दिलाउने योग रहेकाले साप्ताहिक रूपमा दिनहरू सफल रहनेछन् ।