
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका जिन्सि शाखा प्रमुख दावा शेर्पाले आफ्नो मोवाइल आफ्नो कार्यकक्षको झ्यालमा ठड्याएर राखेका थिए । त्यो झ्यालतर्फ कोही गयो भने उनी त्यो मोवाइल हल्लिन्छ नजानु त्यता भन्दै अनुरोध पनि गर्दै थिए । उता, पालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतम पनि कार्यकक्षको झ्यालमै मोवाइल ठड्याएर कम्प्युरमा काम गरिरहेका थिए । जिन्सि शाखाका प्रमुख शेर्पा र प्रमुख प्रशासकीय अधिकृत गौतमले मोवाइल झ्यालमा ठड्याउनुको कारण नेटवर्क नजाओस भनेर थियो ।
मोवाइल हल्लियो भने नेटवर्क जाने गर्छ । अनि डाटा चल्दैन थियो । डाटाबाट हटस्पट वाईफाई खोलेर कम्प्युटरमा कनेक्सन गरि दुवै जनाले चलाइरहेका थिए । असारको क्लोजिङको अन्तिम हुन लागेको थियो । सवैजना विभिन्न योजनाको निकाशामा तल्लिन थिए । भुक्तानी निकाशाका लागि इन्टरनेट विना चल्दैन, त्यही भएर मोवाइलको डाटा खोलेर भएपनि काम गरिरहेका थिए । जब ४ बज्छ अनि मोलाईलको नेटर्वक पनि जाने गर्दछ । अनि सबै सिष्टम बन्द भएपछि काम गर्न समस्या भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।
जिल्ला सदरमुकामदेखि धेरै टाढा अर्थात पश्चिम क्षेत्रको मिक्वाखोला गाउँपालिका केन्द्र साँबामा न विजुली भरपर्दो छ । न इन्टरनेट सेवा नै छ । मोवालको नेटर्वक नै बेलाबेला जान्छ । मोवाइल नेटर्वकको लागि कहिले डाडाँमा गएर चलाउनुपर्छ । नेटर्वक आउने ठाउँ हेरेर एक ठाउँमा नचलाई राखेर काम गर्नुकाे विकल्प छैन ।
विजुली केन्द्रीय प्रशारण लाइन सो पालिकामा पुगेको छैन । भर्खर तार टाङ्ने काम मात्र भइरहेको छ । कार्यालयमा सेवाग्राही आउँदा कहिले बिजुली छैन भन्नुपर्छ । कहिले इन्टरनेट । दुर्गम गाउँमा डाटाबाट चलेको इन्टरनेट के भरपर्दो हुन्छ र ? काम नगरी भएको छैन कार्यकारी अधिकृत गौतमले बताए । असार अन्तिम हुन लागेको छ । विभिन्न योजनाहरुको रकम निकाशा गर्नुपर्ने बाध्यता छ । यहीवेला मौसम बिग्रिएर पानी पनि परिरहेको छ । यस्तो अवस्थामा पनि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अनलाइनमार्फत रकम निकाशा गर्न बाध्य छ ।
मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवामा विजुलीको केन्द्रीय प्रशारण लाइन पुगेको छैन । स्थानीय खोलाबाट लघु जलविद्युत संचालन छ । त्यसैको भर पर्नुपर्ने बाध्यता छ । इन्टरनेटका लागि सेवारो इन्टरनेटले सेवा दिएपनि तीन महिनादेखि सेवा अवरुद्ध भएको प्रमुख प्रशासकीय अधिकृत गौतमलले बताए । पाँचवटा वडा रहेको सो पालिकाका सवै वडाले इन्टरनेटको समस्या भोग्नु परेको छ ।