मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

धौलीगंगा बाँधको ढोका खोल्दै भारत, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:१५:oo

भारतको धारचुला जिल्लाको तेजम वतन क्षेत्रमा भारी वर्षा भएपछि धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका  शुक्रबार राति १२ बजे खोलिँदै छ। 

भारी वर्षाका कारण ढुंगामाटो थुप्रिएकाले सफाइका लागि भारतले शनिबार मध्याह्न १२ बजेसम्म बाँधको ढोका खोल्न लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए। उनका अनुसार दार्चुला हुँदै बहने महाकाली नदीको बहाव उच्च हुन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ। व्याँस गाउँपालिकाको सुनसेरा आसपासदेखि दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाको महाकाली नदीको आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन भनिएको छ । नदीनजिक नजान सो क्षेत्रका बासिन्दालाई प्रशासनले अनुरोध गरेको छ। 

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पनि बाँध खोल्दा महाकाली नदीको जलसतह बढ्ने भएकाले आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।