मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २७ शुक्रबार १५:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको नगरसभा अधिवेशन आइतबार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २७ शुक्रबार १५:४६:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रम र बजेट पेस गर्ने गरी २९ असारलाई १७औँ नगरसभा अधिवेशन बोलाएका छन् ।

शुक्रबार बसेको ४०औँ कार्यपालिका बैठकमा मेयर शाहले एक मात्र एजेन्डा प्रस्तुत गर्दै आइतबार दिउँसा २ बजे नगरसभा बैठक बोलाएका हुन् । 
सो दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने मेयर शाहले बताए । बैठकका लागि २४ वटा एजेन्डा गए पनि नगरसभासम्बन्धी एउटा मात्र विषय मेयर शाहले प्रस्तुत गरे । बैठक सभागृहमा बस्नेछ ।

शुक्रबार बसेका नगर कार्यपालिका बैठकमा मेयर शाहले छोटो सम्बोधन गरी मिति तोकर बैठक सम्पन्न भएको घोषणा गरे । तर, मेयर शाह उठेर हिँडेपछि बजेट तर्जुमा समितिको बैठक बसिरहेको छ । 

पछिल्लो सात महिनायता महानगरको कार्यपालिका बैठक बस्न सकेको थिएन ।  काठमाडौं भ्युटावरको नक्सापासको विषयमा प्रमुख प्रशासकीय अधिकृत र मेयरबिच विवाद उत्पन्न भएको थियो । सो विषयले अन्य जनप्रतिनिधि र मेयर शाहबिच समेत विवाद बढेको थियो । विवादकै कारण १० असारभित्रै पेस गर्नुपर्ने नीति तथा कार्यक्रम र बजेट अन्तिम असारसम्म धकेलिएको हो ।