
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७, त्रिवेणी ब्यारेज पुलमा एकजना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । उनको हातमा विनोद लेखेको टाटु रहेको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ उनको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । इलाका प्रहरी कार्यालय त्रिवेणी र इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलीले उनको शव निकालेको हो । शव पोस्टमार्टमका लागि पठाइएको छ ।
शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । भोटेकोशीको बाढीमा परी बेपत्ताको शव हुन सक्ने आशंका गरिएको छ, तथापि यकिन भइनसकेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।