मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:५२:oo

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको छ।  अघिल्लो सिजन वसन्त शाहीलाई प्रशिक्षक बनाएको गोर्खाजले नयाँ सिजनका लागि नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक देसाईलाई भित्र्याएको हो। 

यसअघि देसाईले दुई वर्ष नेपाली टोलीको प्रशिक्षक भएर काम गरेका थिए। गत फागुनमा भने उनको सम्झौता क्यानले नवीकरण गरेको थिएन। 

दोस्रो सिजनको एनपिएल नोभेम्बरमा हुँदै छ। त्यसअघि अगस्टमा मिनी अक्सन हुने तालिका छ।