मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
२o८२ असार २६ बिहीबार १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाकिस्तानमा भारी वर्षा, ११ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार १५:५९:oo

पाकिस्तानको लाहोर, पन्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको डनले बुधबार रिपोर्ट गरेको छ ।

डनका अनुसार भारी वर्षाले व्यापक बाढी निम्त्याउँदा दैनिक जीवनमा गम्भीर रूपमा बाधा पुगेको छ । लाहोरमा, मुसलधारे वर्षाले तल्लो छेउछाउ र प्रमुख सडकहरू डुबानमा पारेको बताइएको छ ।  

लाहोरको वाटर एन्ड सेनिटेसन एजेन्सी (वास) को तथ्यांकअनुसार यस क्षेत्रमा औसत ५८.८ मिलिमिटर, निस्तार टाउनमा सबैभन्दा बढी ८४ मिलिमिटर, लक्ष्मी चोकमा ७८ मिलिमिटर र पानीवाला तालाबमा ७४ मिलिमिटर वर्षा भएको छ ।

पन्जाब प्रान्तका अन्य ठाउँ खानवालमा (५१ मिमि), रावलपिन्डीमा (४२ मिमि), साहीवालमा (४४ मिमि), मुर्रीमा (४१ मिमी), ओकारामा (३० मिमि) र अन्यसहित विगत २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा रेकर्ड गरिएको छ । गुजरानवाला, बहावलपुर र मुल्तानलगायत अन्य धेरै सहरमा पनि वर्षाको अनुभव भएको छ ।

पाकिस्तानको आपतकालीन सेवा, उद्धार ११२२ का अनुसार पन्जाबभरि वर्षासँग सम्बन्धित घटनामा नौजनाको मृत्यु भएको छ । यसैबिच, बलुचिस्तानमा भारी वर्षा र तीव्र बतासका कारण मृत्यु र क्षति भएको छ ।

 खुजदार र मस्तुङ जिल्लामा दुईजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएको डनले जनाएको छ ।