मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार २६ बिहीबार २१:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई वर्ष पुराना मुद्दा मुद्दा शून्यमा, नुवाकोट र धादिङको मुद्दा फच्छ्र्योट दर बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार २१:२८:oo

उच्च अदालत पाटनमा दुई वर्ष पुराना मुद्दा शून्यमा झरेका छन् । यसैगरी अदालत अन्तरगतका नुवाकोट र धादिङमा मुद्दा फच्छ्र्योट दर सबैभन्दा राम्रो देखिएको छ । 

पाटनमा ३६ न्यायाधीशको दरबन्दी रहेकोमा २२ न्यायाधीशबाट यतिको कार्यसम्पादन हुनुलाई महत्वपूर्ण उपलब्धि मान्दै अदालतले रिट निवेदनहरु सकभर ६ महिनाभित्र फच्छ्र्योट गर्ने गरेको जनाएको छ । बुधबारसम्म ६ महिना नाघेका रिट १७ छन् भने एक वर्ष पुराना थुनुवा मुद्दा संख्या २८ छ । 

आर्थिक वर्ष ०८१÷८२ मा गत वर्षको तुलनामा झन्डै १७ प्रतिशत मुद्दा बढी दर्ता भएका छन् । पाटनमा अब डेढ वर्ष नाघेका मुद्दा संख्या केवल २२ रहेको अदालतले जनाएको छ । यो अदालत देशभरकै उच्च अदालतहरुमा सबैभन्दा बढी मुद्दाको चाप रहेको अदालत हो । 

अदालतका अनुसार नुवाकोट र धादिङ जिल्ला अदालतमा क्रमशः १ हजार ७७ र १ हजार ५३४ मुद्दा रहेकोमा नुवाकोटमा झन्डै ७८ र धादिङमा ७७.२४ प्रतिशत मुद्दा फच्छ्र्योट भएका छन् । नुवाकोटमा डेढ वर्षभन्दा पुराना र धादिङमा दुई वर्ष पुराना मुद्दा एउटा पनि बाँकी छैनन् । 

लगतको तुलनामा सबैभन्दा कम फच्छ्र्योट काठमाडौं जिल्ला अदालत र सिन्धुलीको छ । दुवैमा ५० प्रतिशत मुद्दा मात्र किनारा लागेका छन् । सिन्धुलीमा दुई वर्षभन्दा पुराना मुद्दा ३० थान रहेकोमा काठमाडौंमा भने यो संख्या १ हजार ९०४ छ ।