मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २६ बिहीबार o९:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भोटेकोशीकाे बाढीले २५० मेगावाटका सात विद्युत् परियोजनाको उत्पादन बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार o९:१४:oo

भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् परियोजना तथा पूर्वाधार क्षतिग्रस्त भएपछि २५०.५० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ । बाढीका कारण २३१ मेगावाटका पाँचवटा जलविद्युत् परियोजना बन्द भएको तथा सबस्टेसनमा क्षतिग्रस्त हुँदा सामान्य अवस्थामै रहेका साढे १९ मेगावाटका दुई आयोजनाको उत्पादन बन्द गर्नुपरेको नेपाल विद्युत् प्राधिकणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीले १११ मेगावाटको रुसुवागढी जलविद्युत् परियोजनाको हेडवक्र्स पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । १० वर्ष लगाएर विद्युत् प्राधिकरणले निर्माण गरेको यो परियोजना गत मंसिरदेखि मात्रै सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको ६ महिनामै यो परियोजना बाढीबाट प्रभावित भएको छ ।  यसैगरी, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिरेको छ । ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युत् आयोजनाको ड्यामसाइटको दुईवटा गेट क्षतिग्रस्त भएको छ । बाढीबाट प्रभावित यी तीनैवटा आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ । 

यस्तै, ड्यामसाइटमा ढुंगामुढा आएर थ्रुपिएपछि २४ मेगावाटको त्रिशुली जलविद्युत् परियोजना र १४ मेगावाटको देवीघाट जलविद्युत् परियोजना पनि बन्द गरिएको छ । खोलाले धार परिवर्तन गरेर त्रिशूली ३ बी हब सबस्टेसनभित्र छिरेर १३२ कभी को ‘बेय’ लगायतका संरचनामा क्षति पुर्‍याएको छ । यसबाट विद्युत् प्रवाह गरिने १४.५ मेगावाटको मैलुङ र पाँच मेगावाटको बुद्धभूमि जलविद्युत् परियोजना पनि बन्द गरिएको छ । उक्त दुई परियोजनालाई बाढीले कुनै क्षति पुर्याएको छैन । तर, त्यसको विद्युत् प्रवाह हुने सवस्टेसन प्रभावित भएपछि सामान्य अवस्थामा रहेको उक्त दुई परियोजनाको विद्यु्त् उत्पादन बन्द गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । आर्थिक रुपमा क्षतिको विवरण आउन भने बाँकी छ ।