मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २५ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमालयनको एफपिओ ३२ असारदेखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार ११:४४:oo

हिमालयन बैंकले ३२ असारदेखि थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

एफपिओ निष्कासनपछि बैंकको सेयर स्वामित्व संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत पुग्नेछ ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम सबै कित्ताका लागि ४ साउनसम्म आवेदन दिन पाउनेछन् । तर, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा १४ साउनसम्म म्याद लम्बिनेछ ।