१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
तिवारी यादव वीरगन्ज
२o८२ असार २४ मंगलबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरिया नगरपालिकाका करार र ज्यालादारीका कर्मचारीहरू हटाइए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार १६:o६:oo

पर्साको पोखरिया नगरपालिकामा चालू आर्थिक वर्ष ०८१/८२ मा करार र ज्यालादारीमा नियुक्त भएका कर्मचारीहरूको नियुक्ति बदर गरिएको छ । आगामी आर्थिक वर्ष ०८२/८३ सुरु भएकै दिन देखि हटाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंहले जानकारी दिए । 

उनका अनुसार सोमबारको कार्यापालिका बैठकको निर्णयअनुसार पालिकामा करार र ज्यालादारीमा नियुक्त भएका सबै किसिमको कर्मचारीहरूलाई साउन १ गतेदेखि कामकाजमा नलगाउने भनिएको छ ।

नगरपालिकामा चालू आर्थिक वर्षमा नगर प्रहरी, स्वास्थ्य संस्था ,विद्यालयका स्वयंसेवक शिक्षक, कार्यालय सहयोगी र अन्य कर्मचारीको नियुक्ति बदर भएको प्रशासकीय अधिकृत सिंहले बताए । 

साथै नियुक्ति बदर भएको खण्डमा कुनै कर्मचारीलाई कामकाज खटाएमा वा हाजिर गराएमा सम्बन्धित शाखा वा संस्था प्रमुख जिम्मेवार हुने उनले बताए । पालिकाका कर्मचारीहरूका अनुसार चालू आर्थिक वर्षमा मात्र करिब साढे तीन सयभन्दा बढी कर्मचारी नियुक्त भएका थिए ।