१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार २४ मंगलबार १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न– सिनेट बैठक किन रोकियो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार १६:o१:oo

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्ब बोलाउन ध्यानाकर्षण गराएका हुन् ।

‘नेपालकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्रीज्यू हुनुहुन्छ । यसै हप्ता बोलाइएको सिनेटको बैठक आकस्मिक रूपले स्थगित गरियो,’ उनले भने, ‘गत वर्ष पनि यस्तै प्रकारको घटना घटेको थियो ।’

उनले थपे, ‘तत्कालीन भिसीले सरकारको असहयोगका कारणले आफूले राजीनामा दिएको अनौपचारिक टिप्पणी पनि आएका छन् ।’ नेता पुनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर तुरुन्त निर्माण गर्न माग गर्दै सरकारसँग लाखौँ युवाको भविष्यप्रति उत्तरदायी बन्न आग्रह पनि गरे ।

‘म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, टियू सिनेटको बैठक अविलम्ब राखियोस्, शैक्षिक क्यालेन्डर बनाइयोस् र लाखौँ युवाको शैक्षिक गुणस्तर सुधार गर्दै युवाको भविष्य सुनिश्चित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।