
वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपतबाट क्षति पुगेपछि गृह मन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने प्राधिकरणले जनाएको छ । रसुवामा बाढीका कारण नागरिक सम्पर्कविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनर्स्थापना विषयमा छलफल गर्नका लागि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
चीनमा भएको भीषण वर्षापछि भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरे, भन्सार कार्यालयको यार्ड तथा तीनवटा जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति भएको छ । बाढीमा परी १२ नेपाली र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन छन् ।