१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२१ स्वर्णसहित समग्रमा नेपाल दोस्रो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:२२:oo

साबिक विजेता नेपाल नवौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा उपविजेता बनेको छ । श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, नौ रजत र ६ कांस्यका साथ दोस्रो स्थानमा रहेको हो । समग्रमा नेपालले ३६ पदक जित्यो ।

प्रतियोगितामा भारत च्याम्पियन बनेको छ । भारतले सर्वाधिक २३ स्वर्ण, २४ रजत र दुई कांस्य हात पार्‍यो । महिला ६८ केजीमाथि एरिका गुरुङले स्वर्ण हात पारिन् । ५० केजीमा पुष्पका लामा तथा ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए ।

प्रदीप बैजाली मगरले यू–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान एक स्वर्ण जिते । उनले टिम कुमुतेमा रजत जितेको नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए । यसअघि सातौँ र आठौँ संस्करणमा पहिलो भएको नेपाल यसपटक भने दोस्रो स्थानमा सीमित भएको हो ।

प्रतियोगितामा आयोजक श्रीलंका तेस्रो बनेको छ । श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य जित्यो । तीन स्वर्ण, सात रजत र १४ कांस्यका साथ बंगलादेश चौथो भयो । ६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत र ७ कांस्यसाथ पाँचौँ र एक रजत र एक कांस्यसाथ भुटान छैटौँ भए ।