
माध्यमिक परीक्षा शिक्षा (एसइई)मा उदयपुर जिल्लाका छवटा सामुदायिक विद्यालयले शत प्रतिशत नजिता ल्याउन सफल भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरकी प्राविधिक सहायक मैनाकला लिम्बूका अनुसार जम्मा परीक्षा दिने विद्यार्थीकोको संख्यामा शत प्रतिशत नतिजा ल्याउन सफल भएका हुन् ।
उनका अनुसार सत्यवती देवि मावि भुल्के त्रियुगा नगरपालिका ३५ जना, त्रियुगाकै माध्यमिक विद्यालय चिलाउने १०, जल्पा मावि अजिङगरे चौदण्डीगढी नगरपालिका १४, जनता मावि लुङ्टार चौदण्डीगढी नगरपालिका १४, जनता मावि लामिडाँडा बेलका नगरपालिका ८ जना र जनता मावि रानीवास रौतामाई गाउँपालिका १० नै ग्रेडेड भएका छन् । यता संस्थागत विद्यालयमा सगरमाथा बोडिङ स्कुल त्रियुगा नगरपालिका गाईघाट लगायतका १६ वटा विद्यालयको नतिजा शतप्रतिशत रहेको लिम्बूको भनाइ छ ।
कुन पालिकाको नतिजा कस्तो ?
उदयपुरका आठ स्थानीयबाटबाट नियमिततर्फ जम्मा पाँच हजार १७० विद्यार्थीले एसइई परीक्षामा दिएकोमा ग्रेडेड हुनेमा तीनहजार ७८१ रहेका छन् । जसमा ननग्रेडेड हुनेमा एकहजार ३८४ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका शाखा अधिकृतृ अर्जुनकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार उदयपुरगढी गाउँपालिकामा जम्मा विद्यालय ३२७ थिए । जसमा ग्रेडेड १६० र ननग्रेड १६२ छन् । कटारी नगरपालिकामा जम्मा ८५१ विद्यार्थीमा ग्रेडेड ६६२ र ननग्रेड १९७, चौदण्डीगढी नगरपालिकामा जम्मा विद्यार्थी ८०३ मा ग्रेडेड ६०९ र ननग्रेड १९४, ताप्ली गाउँपालिकामा २०० विद्यार्थीमा ग्रेडेड ११० र ननग्रेड ९० जना छन् ।
यसैगरी त्रियुगा नगरपालिकामा एकहजार ७२० विद्यार्थीमा एकहजार ३३८ विद्यार्थी ग्रेडेड र ननग्रेडमा ३८२ छन् । बेलका नगरपालिकामा ७८२ विद्यार्थीमा ग्रेडेड ६५३ र ननग्रेड १२९ रहेको कार्कीको भनाइ छ । यसैगरी रौतामाई गाउँपालिकामा ३३५ विद्यार्थीमा ग्रेडेड १९४ र ननग्रेड १४१, लिम्चुङबुङ गाउँपाकिलामा १४४ विद्यार्थीमा ५५ जना ग्रेडेड र ८९ जना ननग्रेड भएका छन् ।
उदयपुरमा पाँचजनाले चार जिपीए ल्याउन सफल भएका छन् । चार जिपीए ल्याउनेमा ज्योती माध्यमिक विद्यालय बेल्टार चौदण्डीगढी नगरपाकिलाकी लाजिमा राई, प्याराडाइज बोडिङ स्कुल गाईघाट त्रियुगाका दिनबन्धु बास्तोला, बालमन्दिर माध्यमिक विद्यालय बोक्सेका अबिन्द्र राई, क्याभास बोडिङ स्कुल गाईघाट त्रियुगाका अभुइत शाह, नर्थ स्टार स्कुल बेलका नगरपालिकाका रेखाकुमारी शाह रहेका छन् ।
कटारी नगरमै उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित
कटारी नगरपालिकामै उत्कृष्ट अंक ल्याउने श्री नमूना त्रिवेणी माध्यमिक विद्यालयकी छात्रा सुभाना दर्लामी मगर सम्मानित भएकी छिन् । उनले तीन दशलमव ९८ जिपीए ल्याएकी छिन् ।
श्री नमूना त्रिवेणी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले नगरपालिकाकै उत्कृष्ट अंक ल्याउने सुभाना दर्लामी मगरलाई विद्यालयले पनि सम्मान गरिएको जानकारी दिए । उनले भने, ‘नगरपालिकाले पनि १० हजार नगदसहित सम्मान गरेको छ ।’
उनका अनुसार त्रिवेणी माविले १५५ जना विद्यार्थीमा १४० जना ग्रेडेड भएका छन्, भने १५ जना मात्र ननग्रेडे भएका छन् । नगरपालिकाभित्र राम्रो नतिजा निकालेको भन्दै त्रिवेणी माविलाई नगरपालिकाले सम्मान पत्रसहित ३० हजार नगरदसहित सम्मानित भएको छ ।