१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २३ सोमबार o७:१६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशभर ४२% रोपाइँ

सबैभन्दा धेरै धान उत्पादन हुने मधेशमा कम वर्षा भएकाले अहिलेसम्म १३% रोपाइँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार o७:१६:oo

आइतबारसम्म देशभर ४२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान धेरै उत्पादन हुने मधेशमा भने तुलनात्मक रूपमा कम रोपाइँ भएको छ । हालसम्म मधेशमा १३.६ प्रतिशत मात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । कोशीमा २९.५ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, लुम्बिनीमा ५२.१ प्रतिशत, कर्णालीमा ७१.७ प्रतिशत र सुदूरपश्चिममा ८२.८ प्रतिशत रोपाइँ सकिएको छ ।

विगतमा जस्तै यसपटक पनि मधेशमा सबैभन्दा धेरै तीन लाख ७६ हजार तीन सय २७ हेक्टरमा रोपाइँ हुने अनुमान गरिए पनि हालसम्म ५१ हजार दुई सय ५० हेक्टरमा मात्र रोपाइँ भएको मन्त्रालयले जनाएको छ । मधेशमा ढिला मनसुन सुरु भएको र अहिले पर्याप्त पानी नपरेकाले रोपाइँ हुन नसकेको हो ।

कोशीमा यो वर्ष दुई लाख ७६ हजार तीन सय ८७ हेक्टरमा रोपाइँ हुने अनुमान भएकोमा हालसम्म ८१ हजार ६ सय ३५ हेक्टरमा मात्र रोपाइँ सकिएको छ । कोशीको झापा, मोरङ र सुनसरी धेरै धान उत्पादन हुने जिल्ला हुन् । 

बागमतीमा एक लाख २० हजार पाँच सय ४५ हेक्टरमा रोपाइँ हुने अनुमान भएकोमा ६२ हजार पाँच सय ६१ हेक्टरमा रोपाइँ सकिएको छ । गण्डकीमा ९४ हजार एक सय ८२ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकोमा ५२ हजार तीन सय ५३ हेक्टरमा रोपाइँ सकिएको छ ।

मधेशपछि लुम्बिनीमा सबैभन्दा धेरै तीन लाख दुई हजार नौ सय ३९ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा एक लाख ५७ हजार आठ सय ५७ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा कम धान रोपाइँ हुने क्षेत्रफल रहेको कर्णालीमा हालसम्म २९ हजार दुई सय ९९ हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ४० हजार आठ सय ८४ हेक्टरमा रोपाइँ हुने अनुमान छ ।
सुदूरपश्चिममा एक लाख ७६ हजार एक सय ५१ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा हालसम्म एक लाख ४५ हजार नौ सय ३२ हेक्टरमा रोपाइँ सकिएको छ ।