
नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा कायम भएको छ। यस दिन ३१८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर नाै अर्ब ५० करोड तीन हजार २६८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
नेप्से सामान्य अंकले बढे पनि एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । कारोबारमा आएकामध्ये ८७ कम्पनीको मूल्य बढ्दा १६२ वटाको घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४९ करोड ४० लाख मूल्यबराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको ३७ करोड मूल्यबराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३४ करोड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३२ करोड र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २८ करोड मूल्यबराबरको कारोबार भएको छ ।