१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार १२:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरतपुरको प्रशासकीय भवन निर्माण गर्न तीन करोड निकासा गर्दै बागमती सरकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १२:oo:oo

बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि तीन करोड एक लाख रुपैयाँ निकासा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लागत साझेदारीमा निर्माण भइरहेको उक्त भवनका लागि चालू आर्थिक वर्षभित्रै खर्च हुने गरी रकम निकासा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार यसअघि प्रदेश सरकारले गत आर्थिक वर्षमा पनि सोही भवन निर्माणका लागि आठ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। चालू आर्थिक वर्षका लागि थप तीन करोड एक लाख रुपैयाँ निकासा दिइएको हो ।

यस्तै, मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नुवाकोट जिल्लास्थित लिखु गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ। मन्त्री लामिछानेका अनुसार साविकको स्थानमा प्रशासनिक भवन निर्माणको लागि आवश्यक जग्गा नपाएको भन्दै वडा नम्बर– ४ मा केन्द्र सार्ने निर्णय गरिएको हो। 

गाउँपालिकाका दुईतिहाइ जनप्रतिनिधिको हस्ताक्षरसहित प्रस्ताव आएको भन्दै सो प्रस्ताव स्वीकृत गरिएको उनको भनाइ छ ।यस्तै, बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीको भियतनाम भ्रमणलाई स्वीकृति दिएको छ। उनी आगामी असार ३१ गतेदेखि साउन ५ गतेसम्म भियतनाममा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।