१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमफेदी–कुलेखानी सडकखण्डमा माइक्राे दुर्घटना, पाँचजना घाइते

तीनकाे अवस्था गम्भिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १५:४५:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन्।

शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको इभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गम्भीर घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको र गाडीचालक पर्साको परमानीपुर गाउँपालिका– २ निवासी राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पर्साको जिराभवानी गाउँपालिका– ३ का ३५ वर्षीय चन्द्र सन्जु गौर, भारतको बिहारका ३९ वर्षीय रिसाहद कुमार र भारत बिहारकै ३५ वर्षीय उमाशंकर कुमारको अवस्था गम्भीर रहेको छ।

यस्तै, भारतको बिहारका २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमारको अवस्था सामान्य रहेको छ।