१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २० शुक्रबार ११:१५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार ११:१५:oo

सन् १८०३ : संयुक्त राज्य अमेरिकाले फ्रान्सको कब्जामा रहेको अमेरिकी भूमि लुजियाना क्षेत्र खरिद गरेको सार्वजनिक गर्‍यो । २१ लाख ४० हजार वर्गकिमिको सो भूमि १.५ करोड डलरमा  खरिद गरिएको थियो ।

सन् १८८४ : फ्रान्सले अमेरिकी स्वतन्त्रताको सम्मानस्वरूप उपहार दिएको ‘स्ट्याच्यु अफ लिबर्टी’ पेरिसमा अमेरिकी प्रतिनिधिलाई हस्तान्तरण गर्‍यो । 

सन् १९०९ : ब्रिटिस गुप्तचर ब्युरोले विदेश हेर्नका लागि अलग शाखा ‘एमआई–६’ गठन गर्‍यो । 

सन् १९४६ : ४८ वर्षपछि फिलिपिन्स अमेरिकाको शासनबाट मुक्त भयो ।  

सन् १९६० : अमेरिकाको पचासौँ राज्य हवाईको सम्मानमा देशको झन्डामा एउटा तारा थपिएसँगै अमेरिकाका झन्डामा रहेको ताराको संख्या पचास पुग्यो । 

सन् २०१२ : स्विट्जरल्यान्डको सर्नका वैज्ञानिकले हिग्स बोसोनको सिद्धान्तसँग मेल खाने नयाँ कण पत्ता लागेको घोषणा गरे । 

सन् २०१७ : उत्तर कोरियाले जापान सागरमा पहिलोपटक सफल ‘अन्तर–महादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम)’ परीक्षण गर्‍यो ।