१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार o९:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

धनुषामा तस्करी गर्ने समूहसँगको झडपमा ६ सशस्त्र प्रहरी  घाइते, चार राउन्ड हवाई फायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार o९:५१:oo

धनुषा जिल्लाको विदेह नगरपालिका– २ स्थित गोबराही इलाकामा बिहीबार बेलुका तस्कर समूहसँगको झडपमा  ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । 

अवैध सामान खोजतलास गर्न गएको टोलीमाथि आक्रमण भएको हो। मोटरसाइकलमा अवैध सामान लुकाइछिपाई राखिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले अवैध खोजतलास गर्ने क्रममा एउटा मोटरसाइकल फेला पारेको थियो । 

साथै नजिकै रहेको टहरोमा समेत खोजतलास गर्ने क्रममा अन्दाजी एक सयजनाको संख्यामा लुखिछिपी बसेका ती व्यक्तिहरूले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । सोही क्रममा ६ जना सशस्त्र प्रहरी कर्मचारीहरू घाइते भएका छन् । स्थिति नियन्त्रणका लागि सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र चार राउन्ड हवाई फायरसमेत गरेको थियो ।

घाइते भएकाहरूमध्ये तीनजना सशस्त्र प्रहरी कर्मचारीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ । अन्य तीनजनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।