१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा अटोरिक्सा दुर्घटना हुँदा ६ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १६:१६:oo

धनकुटा नगरपालिका– ९, गुठीटारमा आज दिउँसो अटोरिक्सा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

गुठीटार–बेलहारा भित्री सडकखण्डमा बेलहाराबाट धनकुटा बजारतर्फ आउँदै गरेको को.२ह ५५६७ नम्बरको अटो अनियन्त्रित भई नालीमा पल्टिँदा ६ जना घाइते भएका हुन्।

घाइतेमध्ये धनकुटा– ९, बेलहाराकी ६१ वर्षीया निर्मला बस्नेतको हात भाँचिएको र सोही स्थानका १७ वर्षीय डेबिड विश्वकर्माको दाहिने खुट्टामा चोट लागेको प्रहरीले बताएको छ।

दुर्घटनामा धनकुटा– ९, बेलहाराकी ३३ वर्षीया रेनुका न्यौपाने, धनुषा जनकपुर नगरपालिका– १४ का ४४ वर्षीय वसन्तबहादुर पुर्वे, काठमाडौं महानगरपालिका– २६ का ५० वर्षीय रमेशप्रसाद दुलाल र मोरङको कानेपोखरी गाउँपालिका–५ की २० वर्षीया देवी विश्वकर्मा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए।

घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। अटोचालक धनकुटा– ९ का ४२ वर्षीय जितेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अटो तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले आशंका गरेको छ।