१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुलिङ पिरियडको गडबडी मिलाइदिन राष्ट्रिय सभालाई राज्य व्यवस्था समितिको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३४:oo

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा भएको गडबडी मिलाइदिन राष्ट्रिय सभालाई आग्रह गरेको छ।

बुधबार बसेको समितिको बैठकले कुलिङ पिरियडको गडबढी मिलाइदिन राष्ट्रिय सभालाई आग्रह गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

समितिले सरकारको प्रस्तावमा संशोधन गर्दै दफा ८२ मा नयाँ उपदफा थपेको थियो, जसअनुसार अवकाश प्राप्त वा राजीनामा दिएका राष्ट्रसेवक कर्मचारीलाई कुनै संवैधानिक वा सरकारी नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने व्यवस्था थियो । समिति सभापति खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर रहेको प्रतिवेदनमा सोही व्यवस्थाविरुद्ध जान सक्ने अर्को उपदफा थपिएको थियो।

‘दफा ४ लाई निष्क्रिय गराउने गरी सोही विधेयकको उपदफा ४ पछि उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा ५ राख्नुनपर्ने विधेयकको व्यवस्थालाई यथावत राखेको कारणले यो विधेयक समितिको प्रतिवेदनको उपदफा ४ ले गरेको व्यवस्था र भावनालाई कुठाराघात हुने गरी उपदफा थपी पारित भएको कारण राज्य व्यवस्था तथा सुशासन समितिले उक्त ०८२ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावनाअनुसार प्रतिवेदनको बुँदा ४३ मा आवश्यक संशोधन गर्ने व्यवस्था मिलाइदिनुहुन राष्ट्रिय सभालाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो,’ निर्णय सुनाउँदै सभापति खतिवडाले भने।